नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।
उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस