Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १७ : ०८ मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद  र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट गोलरक्षक नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, उत्कृट डिफेण्डर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका  सुनिल थापा, उच्च गोलकर्ता हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र प्रतियोगिताको सर्वोश्रेष्ट खेलाडी नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्ग लाई ट्रफि प्रदान गरिएको थियो । 

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि मैदान  उपलब्ध गराउनु हुने सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको