Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १४ : १५ मा प्रकाशित

सन नेपाल लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर १९ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर लागू भएको छ।

नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बीमितले बोनस पाउने भएका छन्। त्यसैगरी भाग्योदय जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बीमितलाई बोनस दिइने भएको छ।

यता बाल समृद्ध जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमालेखमा ३६ रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सुनौलो बाल समृद्ध जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, नवीन आजीवन जीवन बीमालेखमा ३८ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस पाउने भएका छन्।

त्यसैगरी १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ४० रुपैयाँ, धनधान्य जीवन बीमालेखमा समान २५ रुपैयाँ, धनलक्ष्मी जीवन बीमालेखमा समान २५ रुपैयाँ, धनञ्जय जीवन बीमालेखमा र नव धनलक्ष्मी जीवन बीमालेमा पनि समान २५ रुपैयाँ प्रतिहजारका दरले बीमितले बोनस पाउने भएका छन्।

साथै मुनाफामा सरिक हुने (बोनस दिने) गरी जारी गरेको बीमालेखहरूमा मृत्यु दाबी, पूर्णावधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनुका साथै प्राधिकरणबाट आगामी आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको