Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा प्राधिकरणद्वारा सिरहा जिल्लामा रहेका बीमा कम्पनीका शाखा प्रमुखसँग छलफल

अर्थ संसार

शनिबार, २७ मंसिर २०८२, २१ : ०० मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा सिरहा जिल्लामा रहेका बीमा कम्पनीका शाखा प्रमुखसँग छलफल

नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार (मङ्सीर २६ गते) सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । 

निर्देशक सापकोटाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको प्रदेश कार्यालयसँग समन्वय गरी गाउँघरमा समेत पुगेर कार्य गर्न र कृषि तथा पशुपन्छी बीमाको विस्तारमा जोड दिन निर्देशन दिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमा सम्बन्धी अनुसन्धान र विकासमा जोड दिनुपर्ने, कर्मचारीहरूका लागि तालिम संचालन गर्नुपर्ने, सीमा क्षेत्रमा बीमा सचेतना अभिवृद्धिका लागि होर्डिंग बोर्डहरू राख्नुपर्ने, कृषि बीमाको विस्तार एवम् प्रवद्र्धनलाई विशेष महत्व दिनुपर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वापतको रकम सम्बन्धित प्रदेश अन्तर्गत नै खर्च गर्ने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।  कार्यक्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका सिरहा जिल्लास्थित शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको