Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन - केपी ओली

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, १५ : ४१ मा प्रकाशित

केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूले प्रश्न उठ्ने खालको कुनै पनि काम नगरेको दाबी गरेका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेतना हराएको, झोलेहरू मात्रै बस्ने र बोल्न नदिने गरिएको भन्ने हल्लाप्रति आपत्ति जनाए।

उनले पार्टीभित्र स्वस्थ बहस र विचारको स्वतन्त्रता कायम रहेको उल्लेख गर्दै त्यस्ता आरोपहरू आधारहीन रहेको बताए।

‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ?’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको