आइतबार राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले वर्तमान सरकारलाई ‘कामचोर’ भन्दै आलोचना गरे। उनले भने, “आजसम्म उदाहरणीय सरकार देखिनँ। यो सरकार केही काम नगर्ने, केवल प्रधानमन्त्रीको पदमा बस्न मात्र चाहने सरकार हो। प्रधानमन्त्री कसको सहयोगले बनिन्? देशलाई निकास दिन सक्दिनन्?” प्रधानमन्त्रीले निर्वाचनको ‘रट’ लगाएको विषयमा पनि ढुंगानाले प्रश्न उठाए। उनका अनुसार, “सुशिला कार्कीले एउटालाई हटाएर ६ महिनापछि फेरि त्यहीलाई ल्याउन खोज्दैछिन्। यसका कारण कति मानिसको ज्यान गएको, सिंहदरबार र सर्वोच्च जलेको हो।” ढुंगानाले पुरानै राजनीतिक पात्र र प्रणाली कायम राखेर हुने निर्वाचनले देशलाई निकास नदिने बताए। उनले दल खोलेर चुनाव जितेर २० वर्षपछि मात्र माग पूरा गर्ने दृष्टिकोण स्वीकार्य नभएको र आन्दोलनका माग सरकारले तत्काल पूरा गर्नुपर्नेमा जोड दिए। पूर्व सम्झौतालाई ‘ललिपप सम्झौता’ भन्दै विरोध व्यक्त गर्दै उनले भने, “सिंहदरबारमा जानै नदिइ आफ्नो कुरा राख्न पनि रोक लगाइयो।” ढुंगानाले देशको अवस्था आन्दोलन सुरु हुँदा भन्दा अहिले झन् गम्भीर र विध्वंसक बनेको बताए। रोहिंग्या शरणार्थीको प्रवेश र शान्ति सुरक्षा व्यवस्थामा सरकारले चुक गरेको आरोप उनले लगाए। अन्तमा उनले भने, “काम नगर्ने, जनतालाई ठग्न खोज्ने सरकारले यो देश चल्दैन।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस