Like us!
Follow us!
Connect us!
Watch us!

‘४० लाख हस्ताक्षरले एक्लो होइन भन्ने हौसला दियो’ : रवि लामिछाने

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १६ : २४ मा प्रकाशित

‘४० लाख हस्ताक्षरले एक्लो होइन भन्ने हौसला दियो’ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जनताको शक्तिमा विश्वास गर्ने बताएका छन्। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भई करिब आठ महिनापछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले ४० लाख जनाको हस्ताक्षर अभियानले आफू एक्लो नरहेको अनुभूति गराएको बताए। ‘मलाई जनताको ताकतमा विश्वास छ,’ उनले भने, ‘विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर कुरा बुझ्न बाँकी छ। त्यसपछि थप राजनीतिक टिप्पणी गर्नेछु।’ न्यायको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै उनले भने, ‘न्यायको लडाइँ लड्न अझै बाँकी नै छ। तर मलाई विश्वास छ– सत्य पराजित भएको छैन।’ आफ्नो पक्षमा चलेको हस्ताक्षर अभियानप्रति आभार व्यक्त गर्दै उनले ४० लाख जनाले ‘तपाईं एक्लै हुनुहुन्न’ भन्ने सन्देश दिएको बताए। आफ्नो अनुपस्थितिमा पार्टीको जिम्मेवारी सम्हालेका कार्यवाहक सभापति डीपी अर्यालप्रति धन्यवाद दिँदै उनले अन्य सबै साथीहरूको योगदान पनि स्मरण गरे। पार्टीबाट अलग भएकाहरू आफ्नै कारणले बाहिरिएको उल्लेख गर्दै लामिछानेले उनीहरूलाई शुभकामना समेत दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको