सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अहिले नै निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको दाबी गरेका छन्। ठूला राजनीतिक दलहरूले चुनावी वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले यस्तो भनाइ राखेका हुन्।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले आफूले सय दिनमा गरेका कामबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेतको हैसियतमा बोल्दै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनतासम्म सबै क्षेत्रमा चुनावी माहोल देखिन थालेको बताए। उनका अनुसार आगामी २१ फागुनमा निर्वाचन हुने वातावरण बन्दै गएको छ।
मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। साथै भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा पनि सरकारले आवश्यक कदम चालिरहेको उनको भनाइ थियो।
उनले सरकार नागरिकमुखी भएको र जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढिरहेको दाबी गरे। यस अवसरमा मन्त्री खरेलले सय दिनको अवधिमा आफूले उल्लेखनीय काम सम्पादन गरेको पनि बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस