Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि कारबाही

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १८ : ४९ मा प्रकाशित

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि कारबाही

नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जना व्यक्तिमाथि कारबाही गरेको छ । प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो । 

ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन् । शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए ।

यसैगरी प्राधिकरणले संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना शर्मालाई पनि परीक्षामा अनियमितता गरेको भन्दै कारबाही गरेको छ । यी तीनैजना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए । कारबाहीमा पर्ने अन्यमा कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन् । थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए ।

प्राधिकरणले भक्तपुर सूर्यविनायकका विवेक बिष्ट र कास्कीका मन्दीप सुवेदीलाई पनि परीक्षामा अनियमितता गरेको भन्दै कारबाही गरेको छ । यी दुवैजना एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए । कारबाहीमा परेका सबैलाई ३ महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको