Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ प्रतिशतले बढ्योः वृद्धिदरमा हिमालयन एभरेष्ट अग्रस्थानमा

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, १४ : ३१ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ प्रतिशतले बढ्योः वृद्धिदरमा हिमालयन एभरेष्ट अग्रस्थानमा

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले वृद्धि भएको हो । 

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । प्राधिकरणका अनुसार यो अवधिमा व्यवसाय वृद्धि गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसायीक अवस्था भने दयनीय देखिएको छ । मंसिर मसान्तसम्ममा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा २६ प्रतिशतले गिरावट आएको छ ।

यो अवधिमा सलिकोले सबैभन्दा धेरै २ अर्ब २१ करोड ९२ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड ५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ, यूनाईटेड आजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड ७२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले ४९ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

वृद्धिदरको आधारमा एभरेष्ट अगाडी 

वृद्धिदरको आधारमा हेर्ने हो भने हिमालयन एभरेष्ट अग्रस्थानमा रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षको भन्दा ४३.२६ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै यो अवधिमा एनएलजीको ३९.६० प्रतिशतले, यूनाइटेड अजोडको २७.९५ प्रतिशतले, शिखरको २३.४१ प्रतिशतले, सानिमा जीआईसीको २२.४६ प्रतिशतले र आईजीआई प्रुडेन्सियलको १४.६५ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन् । 

त्यसैगरी नेशलनको ११.६६ प्रतिशत, नेपालको ७.६८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ५.४८ प्रतिशत, प्रभुको ४.१४ प्रतिशत, नेकोको २.१६ प्रतिशत र सलिकोको ०.८८ प्रतिशतले बढेको भने २ कम्पनीहरू दि ओरियन्टलको ०.८७ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको २६.५३ प्रतिशतले कुल बीमाशुल्क घटेको तथ्यांकले देखाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको