आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर राजनीतिक वातावरण अब पूर्ण रूपमा सक्रिय बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकले निर्वाचन प्रक्रियालाई अगाडि बढाउने स्पष्ट संकेत दिएको हो।
बैठकमा सहभागी प्रमुख तीन दलका नेताहरूले चुनावमा सहभागी हुने तयारी पूरा भइसकेको जनाउँदै अब निर्वाचनको माहोल बनेको निष्कर्ष निकालेका छन्। लामो समयदेखि अन्योलमा देखिएको निर्वाचन प्रक्रिया यस बैठकपछि निर्णायक मोडमा पुगेको राजनीतिक वृत्तको बुझाइ छ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वले निर्वाचनमा जान कुनै अवरोध नरहेको धारणा राख्दै सरकारले आवश्यक सुरक्षा र प्रशासनिक वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। दलहरूको सामूहिक प्रतिबद्धतासँगै चुनावका लागि आवश्यक राजनीतिक सहमति कायम भएको संकेत पनि देखिएको छ।
बैठकपछि व्यक्त गरिएको धारणाअनुसार अब निर्वाचन रोक्नेभन्दा पनि सम्पन्न गराउने दिशामा राजनीतिक शक्तिहरू केन्द्रित भएका छन्। यसले चुनावी तयारीलाई तीव्र बनाउने र प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार प्रमुख दलहरू एकै ठाउँमा उभिएर निर्वाचनमा जाने सन्देश दिएपछि देशमा चुनावी वातावरण अब ‘फुल फ्लेज’ मा प्रवेश गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस