Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीहरुले गरे करिव ७७ अर्बको व्यवसाय, कुन कम्पनीको कति ?

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १७ : १३ मा प्रकाशित

जीवन बीमा कम्पनीहरुले गरे करिव ७७ अर्बको व्यवसाय, कुन कम्पनीको कति ?

जनीवन बीमा कम्पनीहरुको व्यवसाय करिब ७७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ पुगेको हो । 

प्राधिकरणको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा कुल २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब २७ करोड दुई लाख रुपैयाँ र एलआइसी नेपालले ८ अर्ब १८ करोड १० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।


 

695114a5ecc24.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको