Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १४ : १५ मा प्रकाशित

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।

साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको