प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस