Like us!
Follow us!
Connect us!
Watch us!

झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओली सिफारिस

अर्थ संसार

शनिबार, १९ पुस २०८२, १६ : ४८ मा प्रकाशित

झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओली सिफारिस

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारका रूपमा अघि बढाउने तयारी गरेको छ। झापाको बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

क्षेत्रीय तहमा भएको छलफलमा उक्त निर्वाचन क्षेत्रबाट अन्य नेताहरूको औपचारिक दाबी नआएपछि ओलीको नाम मात्र केन्द्रमा पठाउने सहमति बनेको जनाइएको छ। एमाले झापा नेतृत्वका अनुसार अघिल्ला निर्वाचनहरूमा निरन्तर बलियो जनसमर्थन प्राप्त गर्दै आएका ओलीको राजनीतिक पकड यस क्षेत्रमै मजबुत रहेकाले यसपटक पनि उम्मेदवारीमा कुनै विवाद नआएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको