सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभुत सेयरधनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारण (AML/CFT) सम्बन्धी अन्र्तकृया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले यहि पुस २७ गते आइतवारका दिन लाजिम्पाटस्थित होटेल र्याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको हो ।
कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक सेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनी महानुभावहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस