नेपाल राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रिय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।
केन्द्रीय बैंकले यसअघि पुस १४ गते २५ अर्ब, १६ गते २५ अर्ब, २० गते २५ अर्ब, २२ गते २५ अर्ब, २३ गते २० अर्ब र २४ गते १० अर्ब, २८ गते २५ अर्बको ऋणपत्र जारी गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस