Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको प्रश्न - एमालेमा जस्तो डेमोक्रेसी अन्त कहीँ छ ?

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, १६ : ५८ मा प्रकाशित

ओलीको प्रश्न - एमालेमा जस्तो डेमोक्रेसी अन्त कहीँ छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले यसबारे आफ्नो दाबी राखेका हुन्। पार्टीको महाधिवेशनमा जसलाई जुन पदमा उठ्न चाहे पनि उम्मेदवार हुन पाएको उनले बताए ।

ओलीले भनेका छन्,‘हाम्रो जति डेमोक्रेटिक पार्टी … अरुको देख्नुभएन ? केन्द्रीय कमिटीको बैठक डेढ महिना चल्दा हामी तीन घण्टामा केन्द्रीय कमिटीको बैठक सकेर हामी काममा लाग्छौं । अरुलाई महाधिवेशन कहिले गर्ने भनेर मिति तोक्न डेढ महिना लाग्छ, तैपनि तोकिँदैन । हामी त झ्याप्प मिती तोक्छौं, ड्याम्म गर्छौं । कुनै रोकटोक छैन, जसलाई उठ्न मन लागेको छ उठेको छ । भोट दिए भने जितेको छ, भोट दिएनन भने आइया ! स्वभाविक कुरा हो। हाम्रोमा जस्तो डेमोक्रेसी अन्त कहीँ छ ? डेमोक्रेसीको निर्वाध प्रयोग हाम्रो पार्टीमा छ । यो पार्टीसँग अरु पार्टीको तुलनै हुँदैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको