नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अकंले बढेर २७१४.८१ बिन्दुमा बन्द भएको छ । आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोडको सेयर कारोबार भएको हो । आज १३ उपसूचकमा हरियाली आएकोछ । आज वाणिज्य बैंक समूहको १.२४ प्रतिशत, विकास बैंक समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३६ प्रतिशतले सेयर मूल्य बढेको हो ।
मंगलबार २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनकिो घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस