Like us!
Follow us!
Connect us!
Watch us!

बीमा व्यवसाय खर्ब नजिक, बास्तविक बीमाको दायरामा आउने संख्या ज्यादै न्यून

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, १५ : २८ मा प्रकाशित

बीमा व्यवसाय खर्ब नजिक, बास्तविक बीमाको दायरामा आउने संख्या ज्यादै न्यून

नेपालमा बीमा कम्पनीको व्यवसाय दिनानुदिन बढीरहेको छ । नेपाल सञ्चाललित जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन बीमा कम्पनीहरुले संकलन गर्ने बीमा शुल्क हरेक महिना बढ्दै गएको देखिएको हो । बीमाको व्यवसाय बढ्दै जाँदा पनि वास्तविक बीमाको दायरामा आउनेको संख्या भने निकै कम हरेको छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बीमाको व्यवसाय १८ प्रतिशतले बढेको छ । तर वैदेशिक रोजगार जीवन बीमालेख, लघु, म्यादी, लघु म्यादी बीमालेख बाहेक कुल जनसंख्याको १८.०१ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि बीमा अनिवार्य गरेकाले उक्त बीमालाई समेत जोड्दा भने संख्या केही बढी देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या समेत जोड्दा कुल नेपालीको ४९.७६ प्रतिशत जनसंख्या बीमाको दायरमा पुगेको देखिन्छ । अहिले नेपालमा ठूला र साना गरि ३५ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । यी कम्पनीहरुले नै नेपालमा बीमा जीवन र निर्जीव बीमा गराउने हो । तर नागरिकको जीवन बीमा गराउने जीवन बीमा कम्पनीहरुको संख्या १७ वटा रहेको छ । 

प्राधिकरणको तथ्यांक हेर्दा र वैदेशिक रोजगारीमा जानेहरुलाई समेत जोड्दा अझै नेपालमा कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी जनसंख्या बीमाको दायरामा आउन नसकेको देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरुलाई छोड्ने हो भने त निकै दयनिय अवस्था रहेको छ । पछिल्लो तथ्यांक अनुसार बीमा कम्पनीहरुले कुल ९८ अर्ब ७६ करोड १५ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीहरुले कुल ७८ अर्ब ७७ करोड ५८ लाख रुपैयाँ र निर्जीवन बीमा कम्प्नीहरुले १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

बीमा गराउनेको संख्या कम हुनुको कारण नेपालमा बीमा महंगो भएको बीमा विज्ञहरुको भनाइ छ । मानिसहरुलाई बिहान बेलुकाको छाक टार्न समेत समस्या हुने भएकाले बीमा गराउने कुरा नै आफैमा चुनौतिपूर्ण रहेको उनीहरुको भनाइ छ । नागरिकहरुको बीमा सरकारले नै गरिदिनु पर्ने बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । स्थानीय सरकारले आफ्नो क्षेत्र भित्र रहेका आर्थिक रुपमा विपन्नहरुको बीमा गरिदिएको अवस्थामा बीमाको दायरामा आउने संख्या बढ्न् र त्यसले आर्थिक रुपमा विपन्न वर्गका नागरिकहरुलाई राहत मिल्ने उनको भनाइ छ । ‘जीवन यापन गर्नका लागि नै समस्या हुनेहरुले कसरी बीमा गराउँछन । बीमा गराउनका लागि पैसा बचत हुनु पर्ने हुन्छ । अहिले बीमा गराउनेहरु पनि बचत भएर नै हो,’ उनले भने । 

प्राधिकरणको तथ्यांक अनुसार कुल सक्रिय जीवन बीमा खेलको संख्या १ करोड ६१ लाख ६७ हजार ८५४ रहेको छ । त्यस्तै कुल जारी जीवन बीमाखेलको संख्या २९ लाख ८९ हजार ३८५ रहेको छ । त्यस्तै कुल निर्जीवन बीमालेखको संख्या १३ लाख ४१ हजार ७०७ वटा रहेका छन् । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन १८ अर्ब ८१ करोड ५ लाख रुपैयाँ र नविकरण जीवन बीमा शुल्क बापत ५९ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ संकलन गरेका छन् ।  

बीमा कम्पनीको शाखा र कर्मचारी संख्या 

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बीमा कम्पनीहरुको शाखा ३ हजार माथि पुगेको छ भने बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या १२ हजार माथि पुगेको छ । हाल सञ्चालमा रहेका बीमा कम्पनीहरुको शाखा संख्या ३ हजार १० वटा रहेको छ । यी शाखाहरुमध्ये जीवन बीमा कम्पनीको शाखा संख्या १ हजार ८५० र निर्जीवन बीमा कम्पनीको शाखा संख्या १ हजार १६० वटा रहेको छ । 

बीमा कम्पनीहरुमा हाल १२ हजार ३३९ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये जीवन बीमा कम्पनीहरुमा ६ हजार ८२ जना र निर्जीवन बीमा कम्पनीमा ६ हजार २५७ जना कर्मचारी कार्यरत रहेका छन्  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको