Like us!
Follow us!
Connect us!
Watch us!

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो ६२ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता ?

अर्थ संसार

सोमबार, १२ माघ २०८२, ०८ : २७ मा प्रकाशित

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो ६२ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता ?

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले गत आव २०८१/८२ को पुस मसान्तसम्म ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ७४८ प्रतिशतले वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमाकोष २० करोड ५५ लाख रुपैयाँबाट बढेर २९ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन १ करोड ३१ लाख रुपैयाँबाट २११.७६ प्रतिशतले बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ । यता कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँबाट बढेर ८ करोड १६ लाख रुपैयाँ पुग्दा कुल खर्च ५ करोड ३ लाख रुपैयाँबाट बढेर ७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ५४ लाख ३२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख रुपैयाँ, जगेडा कोषमा करीब ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ लाख रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको