नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अकंले घटेर २७६९.०९ बिन्दुमा बन्द भएको छ । आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोडको कारोबार भएको हो ।
आज ९ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.१६ प्रतिशत, विकास बैंक समूहको ०.०६ प्रतिशत, फाइनान्स समूहको ०.४५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५५ प्रतिशत र जीवन बीमा समूहको ०.५३ प्रतिशतले सेयर मूल्य घटेको हो ।
सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस