सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया “स्प्रिंग रिभर साइड रिसोर्ट” मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनीङ्ग तालिम १९ गते उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम १९ गते देखि सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिकालाई महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिको रूपमा उपस्थित रहनु भएको थियो । अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकता बारे प्रशिक्षण दिइएको थियो ।
अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने,बिक्री तथा सेवा क्षमतामा वृद्धि ल्याउने,अभिकर्तालाई प्रोफेसनल,आधुनिक र प्रविधिमैत्री बनाउने,अभिकर्ता पेशालाई सम्मानजनक र व्यवस्थित पेशाको रूपमा विकास गर्ने,बीमा सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने लगायतका विषय समावेश छन्।
चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म ) चल्ने यस क्क्ष्क्त् तालिममा मुख्य प्रशिक्षकको रुपमा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजत प्रमुख दिपेन्द्र रावतको उपस्थिति तथा प्रशिक्षण रहने छ । यस तालिमले स्थानीय अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वास लिएको आयोजकले जनाएको छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भरि १४८ शाखा तथा उप शाखा संचालनमा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस