Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको नाफामा सामान्य सुधार, ईपीएस कति ?

अर्थ संसार

विहीबार, २२ माघ २०८२, ०७ : २८ मा प्रकाशित

आइएमई लाइफको नाफामा सामान्य सुधार, ईपीएस कति ?

आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८२÷०८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नाफा सामान्य बढेको हो । 

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा २७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको नाफा २६ करोड ७८ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको नाफा १.०४ प्रतिशतले वृद्धि भएको हो । 
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँबाट ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त हुने ब्याज ६६ करोड ८८ लाख रुपैयाँबाट ७ प्रतिशतले बढेर ७१ करोड ५५ लाख रुपैयाँ नाघेको छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँबाट २७.५९ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई दिइएको कमिशन बापतको रकम २२ करोड २ लाख रुपैयाँबाट २९ प्रतिशतले बढाएर २८ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ भने कर्मचारीको तलबभत्ता र सेवासुविधामा खर्चिएको रकम पनि १९ करोड ७८ लाख रुपैयाँबाट बढाएर २२ करोड ७१ लाख रुपैयाँ पुर्याएको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १० अर्ब ८७ करोड २६ लाख रुपैयाँबाट ४१.२७ प्रतिशतले बढेर १५ अर्ब ३६ करोड नजिक पुगेको छ । चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ करोड रुपैयाँ र जगेडा कोषमा ४३ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल सम्पत्ति २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँबाट बढेर २३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ नाघेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको