उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफ्नो पार्टी एक नम्बरमा आउने दावी गरेका छन् । आफूले काठमाडौं ३ मा चुनाव जित्ने निश्चित रहेको उनले बताए । काठमाडौं ४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले सामाजिक एल्गोरिदमलाई नियन्त्रणमा लिएर गलत भाष्य बनाउने काम भइरहेको गुनासो गरे ।
पत्रकारले उज्यालो नेपाल छोडेर रास्वपा रोजेकी रिमा विश्वकर्माको प्रसंग निकालेका थिए । घिसिङले रिमा आफ्नो करिकअरका लागि रास्वपामा बसेकोे भन्दै उनलाई शुभकामना दिने बताए ।
उनले भने, ‘हामी काम गर्ने र परिणाम दिने मान्छे हौं । सोसल मिडिया चलाउन पनि आउँदैन । हाम्रो रियल जे हो त्यही सोसल मिडियामा आउँछ । फेब्रिकेटेड अल्गोरिदम बनाएर यो मान्छे जित्छ, उ जित्छ भनिएको छ तर रियलमा त्यो हुँदैन । हामी हन्ड्रेड पर्सेन्ट जित्छौं । हाम्रो मान्छे जित्छन् । म मात्र होइन, सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्छ । देशभरिको भन्दिनँ, काठमाडौंमा एक नम्बरको पार्टी हुन्छौं ।’उहाँलाई हामीले समानुपातिकको एक नम्बरमा राखेका थियौँ । उहाँ यतापट्टि उज्यालो नेपाल पार्टीको समानुपातिकमा पनि दलित महिलातर्फ एक नम्बरमै हुनुहुन्थ्यो ।’ घिसिङले भने ।
उज्यालो नेपालबाट अलग भएपछि रिमासँग आफ्नो कुरा भएको उनले बताए ।
‘उहाँले करिअरका हिसाबले उतै बस्छु भन्नुभयो, मैले शुभकामना दिएँ । उहाँलाई मैले केही नराम्रो भनेको छैन । भविष्यमा फर्किने वा नफर्किने उहाँको इच्छामा भर पर्छ,’ घिसिङले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस