Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध भूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज

अर्थ संसार

विहीबार, २९ माघ २०८२, ०८ : २५ मा प्रकाशित

बुद्ध भूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज

बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयरका लागि योग्य सेयरधनी कायम हुने आज माघ २९ गते अन्तिम दिन परेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउन फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरिसकेकोले आजसम्म नेप्सेमा नाम कायम रहेका सेयरधनीले मात्र यस योजनामा सहभागी हुन पाउने भएका हुन्।

कम्पनीले हालको चुक्ता पुँजी बराबर नै १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो। यसअनुसार कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर बजारमा ल्याउनेछ। हकप्रद निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटललाई दिइएको छ।

उक्त हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले माघ २१ गते स्वीकृति प्रदान गरेको हो। कम्पनीले यसअघि नै फागुन १२ गते बोर्डसमक्ष आवेदन दर्ता गराएको थियो। नियामक निकायबाट अनुमति प्राप्त भएसँगै कम्पनीले पूँजी विस्तार प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको