नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा सुनको मूल्य तोलामै १४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस