राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भई आइतबार तारेख बुझेका छन्। उनी बिहान अदालत पुगेका थिए।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेमाथि मुद्दा चलिरहेको छ। उनीविरुद्ध २०८१ पुस २१ गते सङ्गठित रूपमा सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।
यस प्रकरणमा स्वर्णलक्ष्मी सहकारीका ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन् भने कुल ३९ जना प्रतिवादी रहेका छन्। प्रहरी अनुसन्धानअनुसार गोरखा मिडिया नेटवर्कमार्फत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अवैध रूपमा लगिएको निष्कर्ष निकालिएको छ। सोही रकम बराबर बिगो दाबी गर्दै सरकारी वकिलले लामिछानेविरुद्ध मुद्दा अघि बढाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस