Like us!
Follow us!
Connect us!
Watch us!

बालेन क्याबिनेट: कुन मन्त्रालय कसको जिम्मामा ?

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १४ : १९ मा प्रकाशित

बालेन क्याबिनेट: कुन मन्त्रालय कसको जिम्मामा ?

बालेन शाहको नेतृत्वमा गठन भएको सरकारमा १४ जना मन्त्री नियुक्त भएका छन्। उनले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रीहरूलाई संयुक्त रूपमा शपथ गराएका छन्।

नयाँ मन्त्रिपरिषद्‌मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् भने गृहमन्त्रीको जिम्मेवारी सुधन गुरुङलाई दिइएको छ।


कुन मन्त्रीको कुन मन्त्रालयको जिम्मेवारी ?

१.स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय

२.सुधन गुरुङ, गृह मन्त्रालय

३.शिशिर खनाल, परराष्ट्र मन्त्रालय

४.सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

५.विराजभक्त, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय

६.खड्गराज पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

७.सस्मित पोखरेल,  शिक्षा  विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालय

८.निशा मेहता, स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय

९.डा.विक्रम तिमलसिना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

१०.प्रतिभा रावल, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय

११.गीता चौधरी, कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय

१२.सोविता गौतम, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

१३.दीपक शाह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

१४.सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको