Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा फ्लेक्सी फण्डको अनलाइन कारोबार खुला

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, ०८ : २३ मा प्रकाशित

सानिमा फ्लेक्सी फण्डको अनलाइन कारोबार खुला

सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना) का इकाईहरूको अनलाइन कारोबार आजदेखि शुरु हुने भएको छ ।

सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त खुलामुखी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट तथा अनलाइन पोर्टलमार्फत इकाई खरीद तथा बिक्री गर्न सक्नेछन् । साथै सानिमा बैंकका सम्पूर्ण शाखा तथा काउन्टरहरूबाट पनि यो सेवा उपलब्ध हुने जनाइएको छ ।

यस योजनामा लगानीकर्तालाई ‘एसआईपी’ (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान) मार्फत समेत लगानी गर्ने सुविधा दिइएको छ । सोअन्तर्गत न्यूनतम १ हजार रुपैयाँबाट नियमित लगानी शुरु गर्न सकिने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको