Like us!
Follow us!
Connect us!
Watch us!

सफलताको जस लिएजस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ - विष्णु पौडेल

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १३ : २५ मा प्रकाशित

सफलताको जस लिएजस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ - विष्णु पौडेल

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले पछिल्लो समय बेहोरेको पराजय र सांगठनिक क्षतिको मुख्य जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै उनले विगतका सफलताहरूको जस लिने नेतृत्वले वर्तमानका असफलता र कमजोरीहरूबाट पनि पन्छिन नमिल्ने स्पष्ट पारे।

 

पौडेलका अनुसार स्थापनाकालदेखि नै लोकतान्त्रिक शासन प्रणाली, सामाजिक न्याय र समाजवादको लक्ष्य प्राप्तिका लागि कम्युनिस्ट आन्दोलनले ऐतिहासिक उपलब्धिहरू हासिल गरेको भए तापनि पछिल्लो कालखण्डमा पार्टीले निकै ठूलो क्षति र धक्का बेहोर्नु परेको छ। यसर्थ, पार्टीलाई पुनर्जीवन दिन र आगामी चुनौतीहरूको सामना गर्न नेतृत्व स्वयं जवाफदेही बन्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले भनेका छन्,  ‘हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो भने आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको भूमिका छ । हामीले उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ।'

स्थापना दिवसको अवसरमा उनले एमालेलाई पुनः लोकप्रिय, गतिशील र देशको नेतृत्व गर्ने शक्तिमा रूपान्तरण गर्ने सङ्कल्प गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको