नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ८०० रुपैयाँ र चाँदी १५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस