Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १२ : १९ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोल्ड टेस्टर पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले कोशी प्रदेशअन्तर्गत आफ्नो कार्यक्षेत्र विस्तारसँगै विभिन्न शाखाका लागि दक्ष तथा अनुभवी जनशक्ति माग गरेको हो। बैंकका अनुसार बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको संस्थाले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि गरी कुल ४ जना गोल्ड टेस्टर आवश्यक रहेको जनाएको छ ।

उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइइ उत्तीर्ण तोकिएको छ। साथै सुन तथा गहना मूल्याङ्कन वा सम्बन्धित प्राविधिक तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । बैंक तथा वित्तीय संस्था वा सुन व्यवसायिक प्रतिष्ठानमा गोल्ड टेस्टरका रूपमा कम्तीमा २ वर्षको अनुभव अनिवार्य गरिएको छ । यसैगरी, सुन परीक्षण, गहना तथा बहुमूल्य धातु मूल्याङ्कनमा व्यवहारिक अनुभव भएका, आधारभूत कम्प्युटर ज्ञान तथा अभिलेख व्यवस्थापनमा दक्ष, राम्रो संवाद क्षमता र टिमवर्क गर्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राखिनेछ।

इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो आवेदनपत्रसहित अद्यावधिक बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र, अनुभव प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्ने अन्तिम मिति २०८३ जेठ ६ गते तोकिएको छ ।
 

69fae19134e5c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको