Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब पनि पुगेन कारोबार रकम

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब पनि पुगेन कारोबार रकम

बिहीबार सेयर बजार परिसूचक सामान्य बढेको छ । आज सेयर बजार परिसूचक ६.९४ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७१८.१६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ४६४.०८ विन्दुमा पुगेको छ । 

आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्य घटेको छ । परिसूचक बढे पनि सेयर बजारमा भने ३ अर्ब भन्दा कमको कारोबार भएको छ । आज ३३४ कम्पनीका ६६ लाख ८४ हजार ७ कित्ता सेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको