Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, इपीएस कति ?

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, ०८ : ५२ मा प्रकाशित

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, इपीएस कति ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो । 

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६१ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्म कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
गत आवको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा २८.८९ प्रतिशको वृद्धि सहित ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यसले कम्पनीले आक्रामक रूपमा बीमा व्यवसाय विस्तार गरिरहेको देखाउँछ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि १२ अर्ब ८० करोड १८ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँबाट घटेर ६.९१ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको