Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ६ अंकले घट्यो, कारोबार ३ अर्ब माथि

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १५ : ०८ मा प्रकाशित

सेयर बजार ६ अंकले घट्यो, कारोबार ३ अर्ब माथि

सेयर बजार परिसूचक मंगलबार पनि घटेको छ । अघिल्लो दिन १ अंकले घटेको बजार आज ६ अंक भन्दा बढीले घटेको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजार ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.६८ अंकले घटेर ४६७.३७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको मूल्य घटेको छ भने ४ वटाको बढेको छ । 

परिसूचक घटेको दिन कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४६ कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ४५ हजार ५१९ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको