Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न  सभामुखसँग कांग्रेसको माग

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, १२ : २९ मा प्रकाशित

संसदमा  प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न  सभामुखसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थितका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरेको छ। बिहीबारको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले यस्तो माग गरेका हुन्।

उनका अनुसार प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउँदै सदनलाई मर्यादित रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीको नियमित उपस्थिति आवश्यक छ। प्रधानमन्त्री र सरकार संसदप्रति जवाफदेही नभएसम्म हिजो निलो स्कार्फ लगाएर गरिएको विरोधदेखि आजको प्लेकार्ड प्रदर्शनसम्मका गतिविधि नरोकिने भएकाले समयमै सभामुख र सरकार सचेत हुनुपर्ने राईको भनाइ छ।

उनले पछिल्ला केही बैठकदेखि प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन प्रयास गरे पनि सभामुखबाट अपेक्षित सहयोग नपाएको दाबी पनि गरे। साथै, संसदप्रति सरकार र प्रधानमन्त्रीलाई असहजता भएको जस्तो देखिएको टिप्पणी उनले गरे।त्यसैगरी, परम्परा भत्काउने नाममा सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासम्म हस्तक्षेप गरेको आरोप समेत उनले लगाए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको