Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब साढे ४ अर्ब

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब साढे ४ अर्ब

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज भने १६.३८ अंकले बढेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५८.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५७ कम्पनीको सेयर मूल्य आज घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स २.४० अंकले बढेर ४७१.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचक बढेको दिन आज कारोबार पनि बढेको छ । 

आज सेयर बजारमा ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर ५४ हजार ४९७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको