मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागिएको हो । उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाइने छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (जेठ ११ गते) ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर–६, धनुषामा निवेदन दिनुपर्नेछ ।
निवेदनमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत स्पष्ट खुलाउनुपर्ने कम्पनीले जनाएको छ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणलाई उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस