सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गरेर विभिन्न जल्लाका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कोशी प्रदेश अन्तर्गतका पहाडी जिल्लाहरू धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलाममा लघुवित्त कार्यक्रम विस्तार तथा सञ्चालनका लागि कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयका लागि सुपरभाइजर/वरिष्ठ सहायक, शाखा कार्यालयका लागि वरिष्ठ सहायक/सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी/परीक्षणकाल) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
सुपरभाइजर/बरिष्ठ सहायकका लागि एसीसीए÷सीए उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा १ वर्षको कार्यानुभव भएको, वरिष्ठ सहायक÷सहायकका लागि स्नातक तह उत्तीर्ण गरी एक तह मुनिको पदमा २ वर्षको कार्यानुभव भएको र कनिष्ठ सहायक (प्रशिक्षार्थी/परीक्षणकाल) का लागि प्रविणता प्रमाणपत्र तह÷प्लस टू वा सो सरह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा १ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ ।
दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा थप ४० वर्ष ननाघेको हुनु पर्नेछ । आवेदक नेपाली नागरिक भएको, कम्प्युटर (अफिस प्याकेज), इमेल/इन्टरनेट सम्बन्धी तालीम हासिल गरेको हुनु पर्नेछ भने बाइक वा स्कूटरको लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन् ।
योग्य तथा इच्छुक व्यक्तिले आवेदन फाराम र पाठ्यक्रम कम्पनीको वेबसाइटबाट डाउनलोड गरी आवेदनसाथ नागरिकता, शैक्षिक योग्यता तथा अनुभव र लाइसेन्सको प्रतिलिपि र आफ्नो बायोडाटा सहित कम्पनीको इमेल ठेगानामा वा इटहरीस्थित केन्द्रीय कार्यालयमा जेठ २९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस