अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पुस्तिका यसपटक परम्परागत झोलामा नबोकी नयाँ शैली अपनाएका छन् । मन्त्रिपरिषद्बाट बजेट पारित गराउन उनी अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।
यसअघि बजेट विवरण कालो झोलामा बोकेर लैजाने चलन रहँदै आएको थियो । तर, यसपटक वाग्ले नेपाली कागजको खाममा रिबनले सजाइएको बजेट पुस्तिका लिएर मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन् । यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमै उत्पादन गरिएको अल्लोको झोलामा बजेट पुस्तिका बोकेर लगेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस