Like us!
Follow us!
Connect us!
Watch us!

एक आर्थिक वर्षमा जीवन बीमा कम्पनीको व्यवसाय करिब २ खर्ब नजिक, कुन कम्पनीको व्यवसाय कति ?

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १६ : २५ मा प्रकाशित

एक आर्थिक वर्षमा जीवन बीमा कम्पनीको व्यवसाय करिब २ खर्ब नजिक, कुन कम्पनीको व्यवसाय कति ?

जीवन बीमा कम्पनीहरुले एक आर्थिक वर्षको अवधिमा करिब २ खर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ठूला जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । 

गत वर्ष १४ वटा जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको भन्दा १६.०५ प्रतिशतले व्यवसाय बढाएका छन् ।

प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा सबै भन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गर्न सफल भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा कुल ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १७.५९ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा कुल ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो । 

त्यस्तै, व्यवसायको आधारमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्षको भन्दा १६.७७ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा २२ अर्ब ४२ करोड  ४४ लाख रुपैयाँको व्यवसाय गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो व्यवसाय १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय २८.८० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा कुल ५ अर्ब ४५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको व्यवसाय गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एशियन लाइफको व्यवसाय २७.२३ प्रतिशतले वृद्धि भएर १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो कम्पनीको व्यवसाय ८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा एलआइसी नेपालको कुल बीमा शुल्क आर्जन १०.०४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा कुल १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा यो कम्पनीको व्यवसाय १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ रहेको थियो । गत आवमा हिमालयन लाइफको व्यवसाय ६.३४ प्रतिशतले बढेर १७ अर्ब ६६ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७.७५ प्रतिशतले बढेर ११ अर्ब १८ करोड रुपैयाँ पुगेको  छ। 

यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १३.१० प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष भरि सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आवको भन्दा २०.८५ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो । 

त्यस्तै गत आवमा सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा १३.२१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ६ अर्ब १८ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा मेट लाइफले अघिल्लो आर्थिक वर्षको भन्दा १०.२० प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।  गत आवमा आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो अघिल्लो आवको भन्दा १९.२३ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो । त्यस्तै गत आवमा प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा २२.८२ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

गत आर्थिक वर्षमा रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २५.५५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ४ अर्ब २० करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको