आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा ३५ प्रतिशतभन्दा बढीले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.७६ प्रतिशतले नाफा बढेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मममा लघुवित्तले यस्तो नाफा १० करोड १८ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्ष २२ करोड ३६ लाख रहेकोमा लघुवित्तको खुद ब्याज आम्दानी, गत आर्थिक वर्ष घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ । खुद कर्जा प्रवाहमा आएको संकुचनका कारण ब्याज आम्दानी घटेको हो ।
लघुवित्तको सञ्चालन नाफा र खुद नाफा बढ्नुमा ५ करोड ५८ लाख रुपैयाँ बराबरको सम्भावित कर्जा नोक्सानी व्यवस्था रिभर्स हुनु मुख्य कारण रहेको बताइएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यस अनुसार लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४ पैसा रहेको छ ।
अघिल्लो आर्थिक वर्ष ६.१७ प्रतिशत रहेको ‘कस्ट अफ फन्ड्स’ गत आर्थिक वर्ष घटेर ४.८७ प्रतिशतमा झरेको छ । जसले गर्दा लघुवित्तको ब्याज खर्च घटेको छ । लघुवित्तको बेस रेट पनि ६.९६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको छ, जसले थोक कर्जा लिने साझेदार लघुवित्त संस्थाहरूलाई सस्तो दरमा कर्जा उपलब्ध गराउन मद्दत पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष ३.३४ प्रतिशत रहेको निष्कृय कर्जा सामान्य बढेर ३.९२ प्रतिशत पुगेको छ । तर खुद निष्कृय कर्जा ०.३६ प्रतिशतमा सीमित हुनु र प्रावधान कभरेज ११६.७० प्रतिशत हुनुले सम्भावित कर्जा जोखिम न्यूनीकरणमा लघुवित्त बलियो स्थितिमा रहेको देखाउँछ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०७ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस