नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए । राजनीतिक दलका नेताहरूले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाए । उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेको पनि बताए । उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको पनि बताए ।
थापाले भनेका छन्,‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली काँग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अध्याँरो वर्षहरू भए । ती काला दिनहरू भए । जसभित्र केवल सत्ता, सत्ता, सत्ता । शक्ति, शक्ति, शक्ति, । त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो। म त सिद्धान्तको लागि सास्ती खानुपर्छ । असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि । तपाईं पनि त्यही हो । हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस