Like us!
Follow us!
Connect us!
Watch us!

वैकल्पिक ऊर्जा प्रयोगकर्ताको संख्यामा बृद्धि

मंगलबार, १८ बैशाख २०७५, १० : ४७ मा प्रकाशित

वैकल्पिक ऊर्जा प्रयोगकर्ताको संख्यामा बृद्धि

शंखर पहाडी ‘गौरब’

अर्थ सन्सार सिनधुली -सिन्धुलीमा बैकल्पिक उर्जाको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको  छ । राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेका ग्रामीण क्षेत्रका नागरीकले  बैकल्पिक उर्जाको प्रयोग बढाएका हुन ।

अहिले सिन्धुलीमा  वैकल्पिक तथा नवीकरणीय ऊर्जाबाट ३३ हजार ३ सय ८७ घरधुरी लाभान्वित भएका छन् । जसबाट राष्ट्रिय विद्युत प्रशारण लाइन सेवा विस्तार नभएका स्थानका नागरिक प्रत्यक्ष लाभान्वित भएका हुन् ।

सिन्धुलीमा हालसम्म लघु जल विद्युत तथा पिको जल विद्युत परियोजना २८, साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणाली २७ हजार ३ सय ३८, सुधारीएको घट्ट विद्युतीकरण परियोजना ७ वटा रहेको जिल्ला समन्वय समिति सिन्धुलीको वातावरण तथा जलवायु परिवर्तन शाखाले अर्थ सन्सार सिन्धुलीलाई जनाएको छ ।

त्यस्तै लघु जल विद्युत तथा पिको जल विद्युत परियोजनामा ४ हजार ९७, साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणालीबाट २७ हजार ३सय ३८, सुधारीएको घट्ट विद्युतीकरण परियोजनाबाट ३ सय ५७ र परम्परागत प्रविधि प्रयोग गर्ने १ हजार ५ सय ९५ घरधुरी लाभान्वित भएको जिल्ला समन्वय समिति सिन्धुलीका  वातावरण  तथा जलवायु परिवर्तन शाखाका अधिकृत संदीप उपाध्यायले जानकारी दिनुभयो ।

हालसम्म जिल्लामा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा १० हजार ५ सय ९९ घरेलु बायोग्याँस, १२ हजार ३ सय ५६ माटोको सुधारिएको चुलो, ३ हजार ४ सय ४७ फलामे सुधारिएको चुलो जडान भएका छन् ।

सिन्धुलीमा परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहुँच विस्तार हुनुका साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको वातावरणीय अधिकृत उपाध्यायको भनाई छ ।

अव स्थानीय तहमा नवीकरणीय उर्जाको तथ्यांक संकलन अध्यावधिकको व्यवस्था, होटल व्यवसाय गर्ने व्यवसायिहरुलाई परम्परागत चुलो प्रयोग गर्न निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने उपाध्यायले बताउनु भयो ।

साविक जिल्ला विकास समितिले प्रति किलो वाट ५० हजारका दरले उपभोक्ता समितिलाई उपलब्ध गराउने रकम अव स्थानीय तहले उपलब्ध गराई बैकल्पिक उर्जा तथा लघु जलविद्युत तर्फ प्रोत्साहन गर्न स्थानीय तह लाग्नु पर्ने उपाध्यायको भनाई छ ।

जलवायु परिवर्तनको प्रभाव कम गर्न केन्द्रबाट सञ्चालित कार्यक्रमहरू निकै प्रभावकारी रहेको र स्थानीय तह अनुसार कर्मचारी परिचालन गर्न नसक्दा सम्बन्धित निकायले कर्मचारीहरुको उचित तवरले व्यवस्थापन गर्नु पर्ने उनले बताए ।

लघु तथा साना जलविद्युतको प्रवद्र्धन गरी ग्रामीण विद्युतीकरणलाई प्रभावकारी बनाउन तथा राष्ट्रिय प्रशारण लाइन नपुगेका स्थानमा सौर्य, वायु तथा जैविक ऊर्जालाई अझ विकास र विस्तार गर्न स्थानीय तहले जिम्मेवारीका साथ लाग्नु पर्ने वातावरणिय अधिकृत उपाध्यायको भनाई छ ।
नेपाल सरकारले वातावरणमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरि वैकल्पिक उर्जाको प्रयोग गरि खाना पकाउन गोवर ग्याँस वा वायोब्रिकेट वा नविकरणीय उर्जा प्रयोग गर्नु पर्ने सुचक वनाएकाले वैकल्पिक उर्जामा सवैको रुचि हुने उनको भनाई छ ।

विद्युत सेवा  नपुगेका घरमा बत्ति बाल्न सौर्य उर्जाको प्रयोग गरिएको हुनु पर्ने भएकाले यस कार्यक्रमले बैकल्पिक उर्जा एक प्रभावकारी र जीवन उपयोगि हुने उपाध्यायले बताए ।

सिन्धुलीका नौ वटा स्थनीय तह मध्ये फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालीकामा राष्ट्रिय प्रशारण लाईन नपुगेकाले नवीकरणीय उर्जालाई प्रबद्धन गर्दै प्रणालीहरु जडान गर्नु पर्ने आवश्यकता रहेको उनको भनाई छ । फिकल गाउँपालीकामा वायु उर्जाको माग रहेकाले सहयोग तथा अनुदान रकम उपलब्ध हुन सकेमा बायु उर्जा उत्पादनको राम्रो सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको