अर्थ संसार, काठमाडौं– पुँजी बजारसम्बन्धी प्रदर्शनी आजदेखि सुरु भएको छ । धितोपत्रकोप्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार र बिहीबार (वैशाख २६ र २७ गते) पुँजी बजार प्रदर्शनी (क्यापिटल मार्केट एक्स्पो) सुरु भएको हो ।
प्रदर्शनीमा एउटै छातामुनि धितोपत्र खरिद बिक्री, मर्चेन्ट बैंकिङ, धितोपत्र दलाल व्यवसायी सेवा, सामूहिक लगानी कोष, क्रेडिट रटिङ, निक्षेप सेवा, आस्वासहित विविध जानकारी दिने जनाइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा प्रदर्शनी भएको हो ।
नेपालमा पहिलोपटक पुँजी बजारसम्बन्धी विशेष प्रदर्शनी हुन लागेको बोर्डको दाबी छ । ‘आर्थिक विकासकोआधार स्वच्छ, पारदर्शी र प्रभावकारी पुँजी बजार’ भन्नेमूल नाराका साथ हुन लागेको प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।
प्रदर्शनीमा नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ।, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरू, सूचीकृत कम्पनीहरूका साथैनेपाल राष्ट्र बैंक, बिमा समिति तथा आइक्यानको सहभागितामा करिब १ सय ७० बटा स्टल रहनेछन ।
दुई दिनमा करिब १ लाखले प्रदर्शनी अवलोकन गर्ने बोर्डको दाबी छ । बजार सहभागीहरूले आफ्ना स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवाबारे लगानीकर्ताहरूलाई जानकारी गराउने बताइएको छ ।
धितोपत्र बजार, सीडीएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैंकिङ व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुति र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन् । ‘धितोपत्र बजारसम्बन्धी अध्ययन सामग्रीहरू निःशुल्क वितरण गरिनेछ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल ७७ वटै जिल्लामा आस्वा सेवा पुगेकोछ । ६५ वटा बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखामार्फत आस्वा सेवा प्रदान भइरहेकोजनाइएको छ । सार्वजनिक निष्कासन कार्यलाई थप व्यवस्थित गर्ने उद्देश्यलेमाघदेखि आस्वा र गत फागुन ११ गतेदेखि सी–आस्वा अनिवार्य गरिएको हो।
यसैगरी वित्तीय अवस्था सन्तोषजनक नरहेका मुख्यतः जलविद्युत् कम्पनीहरूको सार्वजनिक निष्कासन सम्बन्धमा खुलाउनुपर्ने थप विवरण सम्बन्धमा बोर्डलेविशेष व्यवस्था गरको छ ।
धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यलेमार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि स्वीकृतिको अन्तिम चरणमा रहेकोबोर्डले जनाएकोछ ।
धितोपत्रकोकारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटोछरितो र लगानीकर्तामैत्री बनाउन तथा कारोबार सम्बन्धी अभिलेखलाई थप परिमार्जित र सुधार गर्दै जानेक्रममा इन्टरनेटमार्फत धितोपत्र खरिद बिक्रीका लागि आदेश दिन सक्नेव्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस