Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफको बीमा योजना युनाइटेड फाइनान्सले बेच्ने

बुधबार, २५ बैशाख २०७६, १७ : ४६ मा प्रकाशित

महालक्ष्मी लाईफको बीमा योजना युनाइटेड फाइनान्सले बेच्ने

अर्थ संसार, काठमाडौं– यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा यूनाइटेड फाइनान्सलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अजय कुमार मिश्रर महालक्ष्मी लाईफ इन्स्योरेन्स लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रमेश कुमार भट्टराईलेहस्ताक्षर गर्नु भयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको