Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल कक्षा संचालन असम्भव, लकडाउन अन्तपछि सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्: शिक्षामन्त्री

अर्थ संसार

शनिबार, १३ बैशाख २०७७, १९ : ४६ मा प्रकाशित

तत्काल कक्षा संचालन असम्भव, लकडाउन अन्तपछि सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्: शिक्षामन्त्री

अर्थ संसार, काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणीले  लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने बताएका छन् ।

शिक्षा पत्रकार समूहले कोभिड १९ को महामारीको सन्दर्भमा शिक्षा क्षेत्र व्यवस्थापन र योजनाबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसंग १३ बैशाख शनिवार भर्चुअल प्रेस मिटमा बोल्दै सयौ विद्यार्थी भेला हुने र कक्षा कोठामा पनि उल्लेख्य संख्या रहने भएकाले सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने बताएका हुन्। 

अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव देखिदैन । त्यसैले नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको उनले बताएका छन् । “जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन । परिक्षाहरु पनि संचालन हुनसक्छन्” उनी भन्छन् । जाडो–गर्मी विदा, चाडपर्वका विदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताएका छन् । 

मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले तय गर्न लागेका शैक्षिक कार्यक्रम र योजनाबारे जानकारी गराएका छन् । शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै छ ।

आइतवारै मन्त्रिपरिषद्ले १५ बैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताएका छन् । कोभिड १९ संक्रमण, रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयय समिति, स्वास्थ्य मन्त्रालय र विज्ञ समितिका सुझावका आधारमा शिक्षाका तत्कालिन, मध्य र दीर्घकालिनयोजना बनाइने मन्त्री पोखरेलले जानकारी दिएका छन् ।
 
अनलाइन एजुकेशन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ । सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ । समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल भइरहेको उनले जनाए । 

शिक्षा क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्वहरुले विपदका बेलामा परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्न सकिने विकल्प दिइरहेको भए पनि सरकार कोभिड १९ को कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजनामा रहेको छ । कक्षा १२ विद्यालय तहको अन्तिम परिक्षा भएकाले गर्नैपर्ने मन्त्री पोखरेलले बताए । स्थिती सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी राष्टिय परिक्षा बोर्ड तयारी गरेको उनी बताउँछन् । “घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ” मन्त्री पोखरेलले भने । 

अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए । अवस्था जटिल नबनेको अवस्थामा पनि जाडोको महिनामा कोरोनाको अर्को चरण शुरु हुने भन्ने विज्ञको आंकलनलाई मध्यनजर गर्दा पहिलेको कक्षाकोठाको बसाईका हिसाबले पठन पाठन हुन नसक्ने उनले उल्लेख गरे ।

 

p> 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको