Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले ३ दिनभित्र आकर्षक व्याजदरमा कर्जा दिने

अर्थ संसार

बुधबार, ०७ साउन २०७७, १७ : ५४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले ३ दिनभित्र आकर्षक व्याजदरमा कर्जा दिने

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र शेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

ग्लोबल घर कर्जा (Home Loan) अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५५व्याजदरमा घरजग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिरर हनेछ ।

यसैगरी बैंकले ८.९९% मा गाडीकर्जा (Auto Loan) र ९.४९५ मा शेयरको धितोमा कर्जा (Loan Against Share) प्रवाह गर्नेछ ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट/क्रेडिट कार्ड जारी शुल्कमा ५०%छुट र लकर सुविधामा ५०%छुटप्रदान गरिनेछ । 

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको हो । 

कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको