अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज (मंगलबार) सुनकाे मूल्यले उकालो यात्रा तय गरेको छ ।
सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला९ सयले बढेर ९४ हजार २ सय रुपैयाँ कायम भएएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सोमबार चाँदी पनि प्रतिताेला २५ रुपैयाँले बढेर १ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस